काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएपछि समर्थकहरूमा खुशी छाएको छ ।
अदालत बाहिर रास्वपा कार्यकर्ताहरूले खुशी मनाउन थालेका छन् । आज आदेश आउने भएपछि दिउँसैदेखि रास्वपा नेता कार्यकर्ताको अदालत परिसरमा चहलपहल बढेको थियो ।
अहिले नेता कार्यकर्ताले रवि लामिछानेको समर्थनमा नारावाजी गरिरहेका छन् । उनीहरूले रवि दाइ हाइ हाइ । यो जित कसको जनताको । रवि दाइ कस्तो जनताको जस्ता नारा लगाएका छन् ।