Logo
Logo

रवि तत्काल नछुट्ने, काठमाडौं लगाउने तयारी


24.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएपछि समर्थकहरूमा खुशी छाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त रविलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

तर रवि धरौटी बुझाए पनि रिहा हुने अवस्था छैन । स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ ।

रविविरुद्ध काठमाडौं प्रहरीले आइतबार र रुपन्देही प्रहरीले मंगलबार सोही प्रकृतिको मुद्दा दायर गरेका कारण कास्की प्रहरीले उनलाई ती जिल्लामा पठाउने प्रहरी स्रोतले जनाएको छ । काठमाडौं प्रहरी उनलाई पुनः पक्राउ गर्न तयार भएर बसेको छ ।

प्रतिक्रिया दिनुहोस्