काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपीमध्ये ३ जना धरौटी बुझाएर छुटेका छन् ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिए सँगै सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।
कृष्ण १ लाख, मीना र आरती ५/५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । अदालतको आदेशलगत्तै धरौटी वापतको रकम जम्मा गरेर उनीहरु छुटेका हुन् ।