Logo
Logo

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश


4.9k
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्लाअदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

त्यस्तै, उनका सहयोगी हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन् । उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा प्रसाईं, घर फुयल ‘नविन’ र रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्