काठमाडौं । नेकपा एमाले मोरङ जिल्ला सदस्य अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
बिहीबार बिहान प्रहरीले संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पोखरेललाई पक्राउ गरेको थियो । उनले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।
ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।