Logo
Logo

थुनामुक्त हुन धरौटी बुझाउँदै रवि लामिछाने


1.1k
Shares

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने थुनामुक्त हुन धरौटी बुझाउँदै छन् ।

जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा हुन धरौटी बुझाउने प्रक्रियामा रहेका छन् । लामिछानेसँगै छविलाल जोशी र रामप्रसाद खनाल पनि धरौटी बुझाउने प्रक्रियामा छन् ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार धरौटी बुझाएसँगै उनीहरूलाई रिहा गरिने छ ।

कास्की प्रहरी स्रोतले धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं लगिने बताएका छन‍् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछानेमाथि मुद्दा छ ।

यस्तै, लिला पछाई धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्