Logo
Logo

काठमाडौंमा आफैं उपस्थित हुने शर्तमा रविलाई आजै छाड्ने


6.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आजै छाड्ने भएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले धरौटीमा छाड्ने आदेश दिएका रविलाई स्वास्थ्य परीक्षण गराएर छाड्न लागिएको हो ।

काठमाडौंमा मुद्दा भएता पनि अदालतको आदेशलाई सम्मान गर्दै भोलि रवि स्वयं काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाड्न लागेको स्रोतले बतायो । प्रहरीले केहीबेरमा रविको स्वास्थ्य परीक्षण गरेर पार्टीको जिम्मा लगाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्