Logo
Logo

१८ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक


- दृष्टि न्युज/संवाददाता

0
Shares

मुग्लिन, ४ असार । पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो ।
दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिए । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले जानकारी दिए । पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन् । सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्