Logo
Logo

रवि लामिछाने रिहा हुँदा बाबुराम खुसी


1.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएकामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई खुसी भएका छन् ।

शुक्रबार बिहानै सामाजिक सञ्जालमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको तस्बिर पोस्ट गर्दै लेखेका बाबुरामले अदालतको विवेकपूर्ण निर्णय गरेको उल्लेख गरेका हुन ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने कास्की जिल्ला अदालतको आदेशमा बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका हुन् ।

आज बिहान उनी पोखराबाट काठमाडौँ फर्किने र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने उनको सचिवालयले जनाएको छ । रविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको पनि रकम अपचलन गरेको मुद्दा रहेकाले उनी आफैं अदालतमा उपस्थित हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्