Logo
Logo

रवि रिहा भएपछि रास्वपा कास्कीले भन्यो- सत्यको जित भयो


441
Shares

काठमाडौं । पार्टी सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपा कास्कीले सत्यको जित भएको बताएको छ ।
रास्वपा कास्की सभापति यदुनाथ अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै ढिलै भए पनि सत्यको जित भएको बताएका हुन् ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि हिजो (बिहीबार) साँझ कास्की प्रहरीको हिरासतबाट ६५ लाख धरौटी तिरेर रिहा भएका छन् ।

साथै यसअघि भएका आन्दोलदन, धर्ना, विरोधसभाका कारण आम नागरिक, सुरक्षाकर्मी, पत्रकार, ब्यापारी लगायतलाई पर्न गएको असुविधाप्रति कास्की रास्वपाले क्षमायाचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्