काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् । उनी बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडिसकेका छन् ।
अदालतमा जतिसक्दो चाँडो उपस्थित हुनेगरी रवि पोखराबाट हिंडिसकेको पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार हवाइ मार्गबाटै जाने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएकाले रवि स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासबाट रवि हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा भएका हुन् ।