Logo
Logo

हिमालपारि पुग्यो कोरोना


- दृष्टि न्युज/संवाददाता

0
Shares

मनाङ, ४ असार । हिमालपारिको जिल्लामा मनाङमा पहिलोपटक एक जनामा कोरोना देखिएको छ । कपिलवस्तुको बाणगंगा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिनुभयो । जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस्