Logo
Logo

एनआरएनएलाई नेपाल बस्न १० वर्ष भिसा निःशुल्क, कम्पनी पनि खोल्न पाउने


882
Shares

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म भिसा निःशुल्क गरिने भएको छ ।

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो केही झन्झटिला कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको हो ।

उक्त अध्यादेशमार्फत संशोधन हुने कानुनमा एनआरएनलाई १० वर्ष नेपालमा रहँदा भिसा निःशुल्क हुने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

त्यस्तै गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने भएका छन् । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति यहाँ लगानी गर्न यसअघि कानुनी जटिलता थियो । त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले अध्यादेशमार्फत् यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्