Logo
Logo

श्रमिकको अनिवार्य अवकाश बढाइने


0
Shares

काठमाडौं । श्रमिकहरूको अवकाश उमेर बढाइने भएको छ । सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गर्दै श्रमिकको अवकाश अवधि बढाउने व्यवस्था गरेको हो ।

यसअघि ५८ वर्ष तोकिएको अवकाश उमेर कानुन संशोधन गर्दै ६० वर्ष पुर्‍याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत केही झन्झटिला देखिएका कानुन संशोधन गर्ने अध्यादेश ल्याएको हो ।

मन्त्रिपरिषद्‌बाट पारित भएको अध्यादेश राष्ट्रपति प्रमाणीकरण भएसँगै यस्तो कानुनी व्यवस्था कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्