Logo
Logo

तिमी को हौ


441
Shares

तिम्रो रुपको
तिम्रो शृँगारको
तिम्रो यौवनको
जताततै चर्चा छ आजभोलि ।

पधेँरोमा तिम्रो कुरा छ
चियाको सुस्केरासँगै तिम्रो रौनक छ
गल्ली गल्लीमा तिमीलाई हेर्नेको भिड छ
हिजोसम्म सुनसान रंगमञ्च
रातारात तिम्रो चर्चाले तातेको छ ।
आखिर तिमी को हौ ।

भुइँमा छरेको पारिजात
भिड पाखामा फुल्ने लालीगुराँस
बेली चमेली या हिलोमा फुलेको कमल
कुचिकारले बनाएको तिम्रो तस्विरमा
सबैको नजर छ ।

सहर तिम्रो चर्चामा मग्न छ
तिमी परी हौ या देवकन्या
तिमी कामदेव कि रति हौ
या शिवको सुन्दर कामिनी
स्वर्गकी रानी या चन्द्रमा
अचेल तिमी हरेकको शब्दमा छौ
सबैको संगीतमा छौ
अनि हरेका प्रेममा छौँ
जताततै तिम्रो मात्रै चर्चा छ आजभोलि
आखिर तिमी को हौ ।

-रेजिना पाण्डे

प्रतिक्रिया दिनुहोस्