Logo
Logo

कोसी प्रदेशसभा अधिवेशन माघ ७ गते बोलाउन सिफारिस


315
Shares

काठमाडौं । कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस भएको छ । आज (आइतबार) बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकले आउँदो माघ ७ गते प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कोसी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभा बैठक बोलाउन प्रदेशप्रमुख समक्ष सिफारिस हुने जानकारी दिए ।

प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको लामो समयपछि हिउँदे अधिवेशन आहृवान हुने भएको हो । सभामा सरकारले केही पुराना ऐन संशोधन गर्ने र नयाँ विधेयक समेत लैजाने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्