Logo
Logo

रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा


2.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेको बयान र त्यसपछि थुनछेक बहस जिल्ला अदालत काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा हुने भएको हो । अदालतका स्रेस्तेदार रामु शर्माले बयान सकिएपछि थुनछेक बहस हुने जानकारी दिए ।

लामिछाने आज (आइतबार) बिहान साढे ९ बजेनै अदालतमा उपस्थित भएका थिए । यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि थुनामुक्त भएका हुन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अभियोग पत्रमा रविले ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत विदेश पठाएको भेटिएको छ । २०२१ र २०२२ मा सो रकम रवि लामिछानेको नामबाट गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्