काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०–८१ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी २५औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् । गत वर्ष भने कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश मात्र दिएको थियो ।