Logo
Logo

आज बयान नसकिए रविलाई हिरासतमा राखिने


2.6k
Shares

काठमाडौं । सहकारी संस्थाको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान जारी छ ।

आज बयान सकिएन भने लामिछाने हिरासतमा राखेर भोलि पुनः बयान लिइने अदालतका स्रेस्तेदार रामु शर्माले बताएका छन् । बयान सकियो र थुनछेकको बहस भयो भने न्यायाधीशको आदेशबमोजिम हुने उनले बताए ।

उनले भने, ‘बयान सक्ने प्रयासमा छौँ, सकियो भने आजै थुनछेकको बहस हुन्छ । यदि बयान सकिएन रविलाई प्रहरी हिरासतमा राखिने र भोलि पुनः अदालतमा उपस्थित गराइने छ ।’ बयान सकिएन भने घर पठाउन नमिल्ने उनको भनाइ छ ।

साँझ ५ बजेअघि बयान सकियो भने मात्रै आज थुनछेकको बहस हुनसक्ने उनले बताए । अन्यथा बाँकी काम भोलि गर्नुपर्ने भएकाले रविलाई हिरासत राखिनुपर्ने छ । ३९ जना प्रतिवादीमध्ये आज रविमात्रै उपस्थित छन् ।

प्रहरीले रविमाथि बचत अपचलनसहित संगठित अपराधको कसुरमा समेत मुद्दा पेश गरेको छ । तर, अन्य जिल्ला अदालतमा जस्तो सम्पत्ति शुद्धीकरणको अभियोग काठमाडौंमा लगाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्