Logo
Logo

द्रव्यलाभ साकोसको १४औँ साधारणसभा सम्पन्न

गोविन्द श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन


693
Shares

काठमाडौँ, २८ पुस । द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाबाट गोविन्द श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ, सचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा लालबहादुर बस्नेत (सिद्धान्त), कार्यसमिति सदस्यमा यज्ञप्रसाद तिमिल्सिना, रत्नबहादुर खत्री (रामचन्द्र) र ओमबहादुर पौडेल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, ओमनाथ घिमिरेको संयोजकत्वमा चक्रपाणि भट्टराई र पूर्णबहादुर कार्की सदस्य रहेको लेखा समिति निर्वाचित भएको बागमती प्रदेश बचत तथा ऋण सहकारी (प्रोस्कुन)का सचिव तथा निर्वाचन समितिका संयोजक ठाकुरप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाका अध्यक्ष तथा संस्थाका संस्थापक अधयक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सहकारीको सिद्धान्तअनुसार विधि, पद्धतिमा सञ्चालित सहकारी समस्यामा नरहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष भक्तबहादुर पराजुलीले विविध कारणले सहकारी क्षेत्रप्रति जनमानसमा अविश्वास सृजना हुँदा पनि द्रव्यलाभप्रति शेयर सदस्यले विश्वास र भरोसा गरेको बताउनुभयो । नौ सय १४ शेयर सदस्य रहेको संस्थाको रु चार करोड ५५ लाख ४९ हजार शेयर पुँजी रहेको छ । संस्थाले रु ३४ करोड ४१ लाख ३३ हजार ६१५ निक्षेप संकलन गरी १४ करोड ७५ लाख ९० हजार ४६७ कर्जा लगानी गरेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा अतिथिहरु श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद उप्रेती, राष्ट्रिय सहकारी बैंक न्युरोड शाखा प्रमुख रमा घिमिरे, नेफस्कुन न्युरोड शाखाका प्रमुख खिलनाथ लुइँटेललगायत अतिथिहरुले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका सचिव विष्णुप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्षले गोविन्द श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । साधारणसभाले अध्यक्ष पराजुलीले प्रस्तुत गर्नुभएको संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रेमबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक विष्णुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन, ऋण समितिका संयोजक गोविन्द श्रेष्ठले प्रस्तुत गर्नुभएको ऋण लगानी प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

संस्थाले असल बचतकर्ता कृष्णप्रसाद तिमिल्सिना, असल ऋणीमा यज्ञप्रसाद आचार्य र लक्ष्मी बोहरा, ज्येष्ठ सदस्य खिकाप्रसाद पराजुली, सम्मान गरिएको थियो । त्यसैगरी एसइईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी छात्रतर्फ आशिष जिसी, छात्रातर्फ सञ्चिता स्याङतान, उत्कृष्ट कर्मचारीतर्फ अनुप श्रेष्ठलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्