Logo
Logo

केयूको भीसीका लागि १७ जनाले दिए आवेदन


945
Shares

काठमडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् । उपकुलपति छनोट समितिका अनुसार १७ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेहरूको नाम भने सार्वजनिक गरिएको छैन । छनोट समितिका अनुसार १७ जनामध्येबाट १० जनाको सर्ट लिस्ट सार्वजनिक गरिने छ । त्यसपछि १० जनाको अन्तर्वार्ता पनि हुने छ । ‘अन्तर्वार्ता भएपछि तीन जनाको नाम सिफारिस गर्छौं,’ छनोट समितिका संयोजक पूर्वउपकुलपति सुरेशराज शर्माले भने ।

गत १८ पुसमा उपकुलपतिका लागि खुला आह्वान गरिएको थियो । उपकुलतिमा आवेदन दिन नपाएपछि डाक्टरहरू भने असन्तुष्ट छन् । उपकुलपति छनोट समितिले बनाएको कार्यविधि खारेजीको माग राखेर डाक्टरहरू सर्वोच्च अदालत गएका थिए ।

तर, आइतबार अदालतले अन्तरिम आदेश जारी नुहने फैसला गरेपछि डाक्टरहरूले उपकुलपतिका लागि आवेदन दिन पाएनन् । मेडिकलका एमडी, एमएस र एमडीएसले पनि आवेदन दिन पाउनु पर्ने माग डाक्टरहरूको थियो ।

६ माघदेखि उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्