Logo
Logo

टिचिङको आइसीयूमा रहेका मोहन वैद्यको कस्तो छ स्वास्थ्य अवस्था ?


819
Shares

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । आईसीयूमा उपचार भइरहेका ७८ वर्षीय वैद्यको स्वास्थ्य अवस्थामा सुधार आएकोले छिट्टै उनलाई वार्डमा स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको बोली सामान्य रहेको छ । डाक्टरहरूले एक–दुई दिनभित्रै उनलाई सामान्य वार्डमा सार्न सकिने बताएका छन् । तर अक्सिजनको मात्रा बेलाबेलामा घटबढ हुने गरेका कारण हाल उनलाई आईसीयूमै राखिएको छ ।

पुस दोस्रो सातादेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार देखिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्