Logo
Logo

बाइडन र नेतान्याहुबीच युद्धविराम र बन्धक रिहाइबारे छलफल


315
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच फोनवार्ता भएको छ । उनीहरूबीच गाजा युद्धविराम र बन्धकहरूको रिहाइका लागि जारी वार्ताका बारेमा छलफल भएको बताइएको छ ।

बीबीसीका अनुसार यो वार्ता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा हो ।

ह्वाइट हाउसका अनुसार फोनवार्ताका क्रममा राष्ट्रपति बाइडनले हमासद्वारा बन्धक बनाएका मानिसहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए । त्यस्तै उनले गाजामा मानवीय सहायता बढाउनु पर्ने आवश्यकताबारे पनि कुरा गरेका छन् ।

यो वार्ता नेतान्याहुको प्रयासमा भएको बताइएको छ । जसमा नेतान्याहुले आफूले वार्ताका लागि कतारमा वरिष्ठ प्रतिनिधिमण्डल पठाएको बताएका थिए ।

शनिबार ट्रम्पका मध्यपूर्व राजदूतले प्रधानमन्त्री इजरायली नेतान्याहुसँग भेट गरेका थिए । ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हानुअघि नै बन्धकहरू रिहा नभए ‘विपत्ति’ आउने चेतावनी दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्