Logo
Logo

अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर, कुनको कति ?


315
Shares

काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार १७ वाणिज्य बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

२ वटाले ब्याजदर घटाउँदा १ बैंकले ब्याजदर बढाएको छ । ब्याजदर घटाउनेमा कृषि विकास बैंक र नेपाल एसबिआइ बैंक रहेका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.५१ र संस्थागतमा ३.२५ तोकेको छ । बैंकको यस्तो ब्याजदर व्यक्तिगतमा ५.५७ र संस्थागतमा ३.२५ थियो । नेपाल एसबिआइ बैंकले व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ ब्याजदर तोकेको छ ।

त्यस्तै ब्याजदर बढाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यस बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.७५ र संस्थागतमा ४.५ तोकेको छ । पुस महिनामा यस बैंकको ब्याजदर व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ कायम थियो । पुरानै ब्याजदर लागू गर्नेमा एनएमबी, ग्लोबल आइएमई, नबिल, प्राइम बैंक लगायत रहेका छन् ।

कुन बैंकको ब्याजदर कति ?

बैंकहरूकाे नामकात्तिकबैंकपुसमाघ
नबिल६.२५५.७५५.७५५.७५
नेपाल इन्भेष्टमेन्ट मेगा६.५६.५६.५६.५
माछापुच्छ्रे
हिमालयन६.२५६.२५६.२५६.२५
नेपाल एसबिआई५.५
एभरेष्ट
एनआईसी एसिया६.९९६.७९६.६६.६
स्ट्यान्डर्ड चार्टर्ड६.५६.२५६.२५६.२५
लक्ष्मी सनराइज५.७५५.७५५.७५
कुमारी६.०१५.९१५.९१५.९१
सिद्धार्थ
सानिमा६.१५६.१५६.०५६.०५
एनएमबि६.५५.७५६.६६.६
प्रभु६.१६.१६.१६.१
ग्लोबल आइएमई६.२५५.७५५.७५५.७५
सिटिजन५.७५५.६५५.६५५.६५
प्राइम कमर्सियल५.७५६.२५६.२५
कृषि विकास५.७५५.५३५.५७५.५१
नेपाल बैंक५.९५५.९५५.६५.६
राष्ट्रिय वाणिज्य बैंक५.८

प्रतिक्रिया दिनुहोस्