Logo
Logo

चूडामणि शर्माको मुद्दा न्यायाधीश रेग्मी र ढुङ्गानाको इजलासमा


1.3k
Shares

काठमाडौं । भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

कर फस्र्योट मुद्दामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएपछि सर्वोच्च पुगेका उनको मुद्दा सुनुवाइका लागि न्यायाधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको हो ।

सर्वोच्चले पहिलो सुनुवाइ गरेको छ भने फैसलाको सुनुवाइका लागि लामो समय देखि पेसी तोकिने र सुनुवाइ नहुने हुँदै आएको छ । यो विवादमा ६ थान मुद्दा दर्ता भएका छन् ।

शर्मासहितका प्रतिवादीहरूले बन्दी र पुनरावलोकन दर्ता गराएका छन् भने नेपाल सरकारका तर्फबाट पनि पुनरावलोकन निवेदन दर्ता भएको छ । यी सबै मुद्दालाई एकै ठाउँमा राखेर पेसी तोकिएको छ । यसअघि सर्वोच्चले आवश्यक फाइल मगाउँदै नियमित रूपमा सुनुवाइ अघि बढाउने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्