Logo
Logo

रविकाे पक्षमा सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले बहस गर्ने


1.2k
Shares

काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आज बिहानदेखि बहस भइरहेको हो । न्यायाधीश अधिकारीले बहसका लागि दुई घण्टाको समय तोकेका छन् । अहिले सरकारी वकिलको तर्फबाट बहस भइरहेको छ । जाहेरवालाको तर्फबाट ११ जना वकिलले बहस गर्नेछन् ।

यता लामिछानेको तर्फबाट भने पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् । गत बिहीबार ६५ लाख धरौटी बुझाएर कास्की प्रहरी हिरासबाट रिहा भएका लामिछाने आइतबार अदालतमा आफैं हाजिर भएका थिए ।

पहिलो दिन उनको बयान भएको थियो । बयान सकिए पनि थुनछेक बहस सुरु हुन नसक्दा अदालतले उनलाई काठमाडौं प्रहरी परिसरको जिम्मा लगाएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्