Logo
Logo

पोखरा विमानस्थल सञ्चालनमा सघाउने चिनियाँ विदेशमन्त्रीको प्रतिबद्धता


378
Shares

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा उनले भने, ‘केही दिनअघि मैले चीन भ्रमण गर्दा चीनका विदेशमन्त्री वाङ यीले मलाई भन्नुभयो– तपाईंहरूलाई पोखरा विमानस्थल सञ्चालन गर्न हामी सघाउनेछौँ र यो सम्भव छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीको भ्रमणको तयारीस्वरूप आफू चीन जाँदा चिनियाँ विदेशमन्त्रीले पोखरा विमानस्थल सञ्चालनमा सघाउने प्रतिबद्धता जनाएको उनले बताए ।

सन् २०२५ लाई ‘भिजिट नेपाल इयर इन चाइना’ भनेर मनाइँदै छ । यो कार्यक्रमअन्तर्गत यो वर्ष चीनले आफ्ना नागरिकलाई नेपाल घुम्न पठाउनेछ । उनले भने, ‘पोखराकेन्द्रित भएर धेरै कार्यक्रम चीनले गर्न खोजेको छ ।’

प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्दा पोखरा विमानस्थल एजेन्डामा नै नरहेको उनले स्पष्ट पारे । उनले भने, ‘पोखरा विमानस्थल निर्माण गर्दाको चिनियाँ ऋणलाई अनुदानमा लैजान प्रस्ताव गएको छैन ।’

प्रतिक्रिया दिनुहोस्