Logo
Logo

सशस्त्र प्रहरीमा डिआइजीको रुवाबासी


17.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा चारजना डिआइजीहरू पदावधि पुरा गरेर अवकाशमा जान लाग्दैछन भनेर हो–हल्ला गर्ने र उत्सवको तयारी गर्ने सिसम १ र २ का डिआइजीहरू अचानक रुवाबासी गर्न गर्न थालेका छन् डिआइजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा पठाउन हर प्रयास गर्दा गर्दै आएका उनीहरू अचानक आपतविपदमा परेको भन्दै रुवाबासी गर्न थालेका हुन् । २०८१ पुस २३ मा पदावधि पुरा गरेर अवकाश हुन लागेका उनीहरूको एक वर्ष म्याद थप भएको थियो ।

सशस्त्र प्रहरी नियमावलीअनुसार डिआइजीको पदावधि चार वर्षको हुन्छ । सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डिआइजीको चार वर्ष अवधि पुरा गरेर अवकाश हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्राबधान छ । त्यही व्यवस्थालाई टेकेर उनीहरूको म्याद थप भएको थियो ।

उनीहरूले म्याद थप नगराउनका लागि विभिन्न राजनीतिक दलका नेताहरूको फेर समातिरहेका थिए । सिसम–१ मा भर्ना भएका डिआइजी सुरेशकुमार श्रेष्ठ साउथ सुडानस्थित युएन मिसनमा पी–४ लेबलमा कार्यरत भए पनि उनी कामै छाडेर काठमाडौँमा आएका थिए । अन्जनीकुमार पोखरेलले संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयमा पी–३ लेबलमा काम गरेको दाबीसहित आफू भावी आइजी भन्दै उनीहरूको म्याद थप नगराउन दौडधुपमा लागेका थिए । उनी त अझ मिडियाबाजीमा समेत लागेका थिए ।

सशस्त्र प्रहरीमा आफूलाई नयाँ भन्दै केही अधिकृतले नेपाल प्रहरीबाट स्थानान्तरण भएका अधिकृतको मानमर्दन गरेका थिए । आफूलाई नयाँ र काबिल अफिसर भन्दै पहिलो ब्याचका सुरेश श्रेष्ठ, अन्जनी पोखरेल र पुरुषोत्तम थापा तथा दोश्रो ब्याचका केहीले पुरानो टोली कारबाही खाएको र खराब तथा कमजोर खत्तम भन्दै सके जति प्रचारबाजी गरे पनि उनीहरूको म्याद थपिएपछि भावी रणनीति बदल्नु पर्ने भन्दै उनीहरूको गोप्य बैठकसमेत भएको थियो ।

उनीहरूको गतिविधिले सशस्त्रका उच्च अधिकृतहरुमा कति सम्म मनमुटाव रहेछ भन्ने छरपस्ट पारिदिएको छ । आफूलाई युएन बसेको, पि लेबलमा काम गरेको भन्दै प्रचार गरेका डिआइजीहरुले आफूभन्दा सिनियर डिआइजिहरुले आजसम्म गरेको योगदानको अबमुल्यन गरेको हलचोकमा चर्चा छ । आफूलाई अब्बल भन्दै प्रचारबाजी गरेकोमा मुख्यालयकै एक उच्च अधिकृतले अपरिपक्व र केटाकेटीपन भएको टिप्पणी गरेका छन् ।

‘आफूभन्दा ९ महिना जुनियर तेश्रो ब्याच एसपीनै छ, जागिरको २० वर्षमा डिआइजी भएकाहरुलाई फुलिनै भारी भयो ती अधिकृतले भने ‘आफूलाई पि लेबलमा काम गरेको र युएनमा काम गरेको भन्नेहरूले के बुझ्नुपर्छ भने युएनमा काम गर्नु र संगठन चलाउनु फरक कुरा हो, युएनमा काम गरेकाहरूको पनि फिल्डमा काम देखिएकै छ ।’ युएन बसेकाहरूले फिल्डमा मातहत कर्मचारीलाई तनाब दिएर आतंक मच्चाएको समेत हलचोकमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्