Logo
Logo

च्याम्पियन्स ट्रफीका लागि दक्षिण अफ्रिकाको टोली घोषणा


252
Shares

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीका लागि दक्षिण अफ्रिकाको टोली घोषणा भएको छ ।

च्याम्पियन्स ट्रफीका लागि तेम्बा बभुमाको कप्तानीमा क्रिकेट दक्षिण अफ्रिकाले १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा तीव्र गतिका बलरद्वय एनरिच नोर्किया र लुंगी एनगिडी पनि परेका छन् । दुवै जना खेलाडीले चोटका कारण घरेलु सिजन खेल्न पाएका थिएनन् ।

यस्तै टोलीमा परेका १० जना खेलाडीले सन् २०२३ को एकदिवसीय विश्वकपको सेमिफाइनल खेलेका थिए । यस्तै वियन मुल्डर, टोनी डिजार्जी र रियान रिकलटनले पहिलो पटक आईसीसीको सिनियर प्रतियोगितामा भाग लिँदैछन् ।

नवौं संस्करणको च्याम्पियन्स ट्रफी आउँदो फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । यस्तै भारतका खेल भने यूएईमा हुनेछ । प्रतियोगितामा दक्षिण अफ्रिका समूह ‘बी’ मा छ । दक्षिण अफ्रिकाले फेब्रुअरी २१ मा अफगानिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्