काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा गर्न सिफारिस गरेको छ ।
मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरुमा भूपेन्द्र प्रसाद यादव, हरि राउत, कर्ण बहादुर बुढाथोकी, राजन कुमार गेलाल, मोहन बहादुर सुनुवार, जानुका गुराँगाई लगायत रहेका छन् ।