काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न स्वास्थ्य उपसमूहअन्तर्गतका तीन जना अधिकृतहरुलाई बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा समितिले प्यारामेडिक्सतर्फको डीएसपीबाट एसपी, नर्सिङतर्फको इन्स्पेक्टरबाट डीएसपी र प्यारामेडिक्सतर्फको इन्स्पेक्टरबाट डीएसपी पदमा बढुवाका लागि सिफारिस गरेको सूची सार्वजनिक गरेको हो ।
जसमा प्यारामेडिक्सतर्फको डीएसपीबाट एसपीमा विकास श्रेष्ठ, इन्स्पेक्टरबाट डीएसपीमा नर्सिङतर्फकी बुद्धमाया लामा र प्यारामेडिक्सतर्फको इन्स्पेक्टरबाट डीएसपीमा राजन सुवेदी सिफारिस भएका छन् ।