काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगन्जमा चेक अनादरसम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई सोमबार पक्राउ गरिएको हो ।
लेनदेनको विषयलाई लिएर जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए ।