Logo
Logo

नेताहरूलाई राष्ट्रपतिले खुवाए माघीको परिकार (तस्वीरसहित)


1.6k
Shares

काठमाडौं । माघीका अवसरमा राष्ट्रपति भवन शितल निवासमा आज चियापान कार्यक्रम आयोजना गरिएको छ ।

शितल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरु उपस्थित छन् ।

सो क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवास पुगेका नेताहरुलाई माघी पर्वको शुभाकामना व्यक्त गरे । त्यस अवसरमा खाइने घ्यु, चाकु र तरुलको भोज समेत खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्