Logo
Logo

टुँडिखेलमा मगर समुदायले मनाए माघे संक्रान्ति (तस्बिरसहित)


756
Shares

काठमाडौं । काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले विविध सांस्कृतिक कार्यक्रम गर्दै माघे संक्रांतिपर्व मनाएका छन् ।  

माघे संक्रान्तिपर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा भेला भएका मगर समुदायले आआफ्नो कला संस्कृतिको प्रदर्शनका साथै शुभकामना आदानप्रदान गरेका छन् । त्यसअघि काठमाडौंको भृकुटीमण्डपबाट सांस्कृतिक र्‍याली निकालिएको थियो । सांस्कृतिक र्‍याली विभिन्न स्थानको परिक्रमा गर्दै टुँडिखेल पुगेको थियो ।

माघे संक्रान्ति पर्वको अवसर पारेर नेपाल मगर सङ्घले काठमाडौंको टुँडिखेलमा दुई दिने महोत्सवको आयोजना गरेको हो ।  

नेपालको सबै जिल्लामा मगर जातिको बसोबास रहे पनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाई धुवाइ गरेर महिलाले मूलको पानी र जमरा स्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् ।

यस दिन छोरी चेलीलाई माइतीका तर्फबाट दाजुभाइले पूजा गर्छन् । चामलको सेतो टीका र जौको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने प्रचलन छ ।

छोरी चेलीलाई गिट्ठा, भ्याकुर, पिँडालु, तरुल, रोटीसहितको परिकार मिसिएको ‘मिस्रा’ दिने गरिन्छ । घरमा आएका चेलीलाई घरमै र आउन नसकेका छोरी चेलीलाई उनीहरू कै घर–घरमा पठाइदिने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्