काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज (बुधबार) बिहान ८ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भनिएको बैठक अपराह्नलाई सरेको हो ।
सचिव गणेश साहले बिहान ८ बजे बस्ने भनिएको बैठक अपराह्न ४ बजेलाई सरेको जानकारी दिए । बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ । पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति बैठकपछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो