Logo
Logo

सरकारविरुद्धको रणनीतिबारे सिंहदरबारमा विपक्षी दलहरुको छलफल


1.4k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको संयुक्त बैठक जारी छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरुको बैठक सुरु भएको हो ।

सरकारविरुद्धको रणनीतिबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठक सारेर संयुक्त बैठक बोलाएका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले सरकारबाहिर रहेका दलहरुको साथ लिन खोजेका छन् ।

आज दिउँसो नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा समाजवादी मोर्चाको बैठक बोलाइएको छ । समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ । समाजवादी मोर्चा सक्रिय बनाउने विषयमा केही दिन अगाडि प्रचण्ड र नेपालबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्