काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको हो ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत भएको जानकारी दिए । आज बिहान बसेको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ ।