Logo
Logo

खोलाबाट बाटो बनाउने सिमेन्ट उद्योगीबीच सहमति, पर्यावरण संरक्षणको पैसा कहाँ गयो ?


1.9k
Shares

कटारी । उदयपुरको कटारीबाट कंक्रिट ढुंगा उत्खनन् गरी सिमेण्ट उत्पादन गरिरहेका सिमेन्ट उद्योगहरूबिच ढुंगा ढुवानीका लागि खोला हुँदै बाटो निर्माण गर्ने सहमति जुटेको छ । कटारी नगरपालिकामा भएको छलफलमा तावा र कमला खोला हुँदै बाटो निर्माण गर्ने सहमति जुटेको हो ।

ढुङ्गा ढुवानीका लागि सिमेन्ट उद्योगहरूले कटारी–मिर्चैया सडक खण्ड प्रयोग गर्दै आएकोमा नागरिकस्तरबाट विरोध भएपछि खोला हुँदै बाटो निर्माण गरी प्रयोग गर्ने भएका हुन् ।

यस क्षेत्रबाट मारूती, शौर्य र कसमस सिमेन्ट उद्योगले सिमेन्टमा प्रयोग हुने ढुङ्गा उत्खनन् गरी ढुवानी गर्दै आएका छन् । तीनैवटा सिमेन्ट उद्योगका दैनिक करिब एक हजार टिपरले ढुङ्गा ढुवानी गर्ने गरेका छन् । ढुङ्गा ढुवानीले स्थानीयलाई रोजगार सिर्जना गरेपनि सार्बजानिक सडकको प्रयोगले सवारी दुर्घटना बढेको, पर्यवरण र मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

खसिबासको बाटो खोलिने
यसैगरी तत्काललाई खोलाको बाटो प्रयोग गरिएपनि दीर्घकालिन रूपमा ढुङ्गा ढुवानीका लागि खसिबास हुँदै बाटो निर्माण गरि सञ्चालनमा ल्याइने भएको छ । तीनैवटा सिमेन्ट उद्योगहरू र कटारी नगरपालिकाको संयुक्त लगानीमा खसिबासको बाटो पुनःनिर्माण गरी सञ्चालनमा ल्याइने सहमति भएको बताइएको छ ।

यसअघि पनि खसिबासको बाटो सञ्चालनमा आएपनि बन कार्यालयले रोक लगाएको थियो । तर, उद्योगहरूले पहल गरे सरकारले अनिवार्य रूपमा औद्योगिक सडक निर्माण गर्नैपर्ने हुन्छ । तर, यसका लागि पहल हुन सकिरहेको छैन ।

यसैगरी सिमेन्ट उद्योगहरू पर्यवरण संरक्षणका लागि छुट्याएको रकम सदुपयोगमा नआएको स्थानीयले बताएका छन् । तीनवटै सिमेन्ट उद्योगहरूले पर्यवरण संरक्षणका लागि कटारी नगरपालिकालाई प्रति टिप, प्रति टिपर ५१ रूपैयाँ बुझाउँदै आएका छन् । तर, पर्यवरण संरक्षण र नागरिक स्वास्थ्यका लागि केही नभएको स्थानीयको भनाइ छ ।

गराँसका एक स्थानीय भन्छन्– उद्योगहरूले जसरी मनोमानी र अन्धाधुन्ध नागरिक हिँड्ने सडकबाट ढुङ्गा ढुवानी गरिरहेका छन्, त्यसरी नै पर्यवरण संरक्षणका लागि जम्मा भएको करोडबढी रकम जनप्रतिनिधिले अन्धाधुन्ध दुरूपयोग गरिरहे छन् । कसले खोज्ने ? खोजिनिति गरेर विरोध गर्नेको मुख पैसाको बिटोले बुझो लगाइदिन्छन् । कटारीमा रावणराज चलेको छ । यहाँको रावणराज अन्त्य गर्न राम कहिले जन्मन आबश्यक छ ।’

यसैबिच एक बर्षअघि कटारी नगरपालिकामा दर्ता भएको नागरिक स्वास्थ्य तथा पर्यावरण संरक्षण समितिले पर्यवरण संरक्षणका लागि जम्मा भएको रकम सार्वजानिक गर्न माग गरेको छ ।

पत्रकार सन्तोष बराइलीको अध्यक्षतामा दर्ता भएको उक्त समितीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्यवरण संरक्षणका लागि जम्मा भएको रकम केपी बरालकै पालादेखि भ्रष्टचार भएको भन्दै कटारी नगरपालिकालाई पनि छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्