Logo
Logo

रवि पक्षका वकिलको बहस सकियो, थुनछेक बहस जारी


4.6k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ ।

रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका छन् । बहस गर्दा दुवै वरिष्ठ अधिवक्ताले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष भएको जिकिर गरे ।

पन्त र श्रेष्ठ दुवै पूर्वमहान्यायाधिवक्ता हुन् । पन्त र श्रेष्ठले रविलाई छाड्नुपर्ने तर्क पेश गर्दै इजलासमा बहस गरिरहेका छन् । रविविरुद्ध बहस गरेका वकिलहरूले उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् । प्रमाण नष्ट हुनसक्ने भन्दै रविलाई थुनामै राख्नुपर्ने उनीहरूको तर्क छ ।

काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि रवि आइतबार अदालतमा हाजिर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्