काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् ।
जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट बहस भएको थियो । पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ तथा अभिवक्ताहरु सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरे ।
अर्का वकिल राजेन्द्र प्रसाद सेढाईंले पनि बहसको माग गरेका थिए, तर न्यायाधीशले समयअभाव देखाएपछि उनले छोटो लिखित राय मात्र दिए ।
बहसहरु सकिएपश्चात न्यायाधीसले सबैलाई बाहिर पठाएका छन् र आदेश लेख्ने तयारी गरेका छन् ।