Logo
Logo

माघ १६ गते आमसभा गर्ने समाजवादी मोर्चाको निर्णय


5.8k
Shares

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मोर्चाको बैठकले माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट आमसभा कार्यक्रम गर्ने निर्णय भएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि प्रवक्ता विश्वकर्माले जानकारी दिए । ‘हाम्रा पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चा थोरै धिमा गतिमा बस्यो,’ उनले भने, ‘अब त्यसलाई अघि बढाउने प्रतिबद्धता भएको छ ।’

समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए । शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्