काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका छन् । बैंक जमानत बुझाएर उनी छुटेका हुन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।