Logo
Logo

आज पार्टीका १२ मन्त्रीसँग छलफल गर्दै देउवा


2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँग सामूहिक छलफल गर्दैछन् । देउवाले पार्टीबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए । १० मन्त्री र दुई राज्यमन्त्री गरी कांग्रेसका १२ जना सरकारमा सहभागी छन् ।

सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गत भदौदेखि सुरू गरेको थियो । महिनामा एक वा दुई पटक यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्