Logo
Logo

अन्ततः गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत


378
Shares

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः गाजामा युद्धविराम र बन्धक रिहाइ गर्ने सहमति भएको छ । बीबीसीका अनुसार विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको छ ।

अमेरिकाको बर्हिगमन जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि तत्कालका लागि युद्ध अन्त्य भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनको बर्हिगमनको क्रममा रहेको प्रशासनले दबाब बढाएपछि युद्धविरामले अन्तिम रुप लिएको हो । दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाई सहमति भएको बताएका छन् ।

सहमति भएको ४८ देखि ७२ घण्टा भित्र युद्धविराम लागु हुने बताइएको छ । सम्झौता भए अनुसार हमासले पहिलो चरणमा ३४ जना इजरायली बन्धक रिहा गर्नेछ । यस्तै युद्धविरामको १६ औं दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणको लागि वार्ता सुरू हुनेछ ।

सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेर ११९५ नागरिकको हत्या र २५१ जनालाई अपहरण गरेर गाजा लगेपछि पछिल्लो युद्ध सुरु भएको थियो । जवाफमा इजरायलले निरन्तर गाजामाथि बमबारी गरिरहेको छ । त्यसमा ४६ हजारभन्दा बढी गाजावासी मारिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्