काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकुमार तिवारी नियुक्त भएका छन् । उनलाई भारतीय स्टेट बैंक सञ्चालक समितिको ५२४ औँ बैठकले नेपालका लागि सीईओ नियुक्त गरेको हो ।
उनको कार्यकाल आजैबाट सुरु हुनेछ । यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए । यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए । उनको कार्यकाल हिजोबाट सकिएको छ ।
कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । तिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन् । उनी हाल उक्त बैंकको जनरल म्यानेजर हुन् ।