काठमाडौं । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काविरुद्ध उजुरी आह्वान भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाई प्रारम्भ गर्दै खड्काविरुद्ध उजुरी आह्वान गरेको हो ।
खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिन समितिले जनाएको छ । उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।
समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा नियुक्तिका लागि प्रस्तावित खड्काका विरुद्ध कुनै असहमति भए १० दिनभित्र उजुरी दिन सकिने बताइन् ।
न्याय परिषद्ले खड्कालाई परिषद सदस्य बनाउनका लागि संस।दीय सुनुवाइ गर्न ०८१ पुस २९ गते समितिसमक्ष पत्र पठाएको थियो ।