Logo
Logo

कांग्रेसका मन्त्रीहरुले भने- अध्यादेशको विषयमा चर्चा परिचर्चा गर्न आवश्यक छैन


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कामको समीक्षा एवं ब्रिफिङ भएको छ । सभापति देउवासहित पार्टीका शीर्ष नेताहरू सहभागी छलफलमा मन्त्रीहरूलाई छलफलका लागि निवासमै बोलाइएको हो ।

छलफलका क्रममा मन्त्रीहरूले आफ्नो रिपोर्ट कार्ड पार्टी नेतृत्वसामु बुझाएका छन् । एक मन्त्रीका अनुसार बैठकमा सरकारले हालै ल्याएको अध्यादेशको विषयमा पनि कुरा उठेको छ ।

सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले विरोध जनाइरहेका छन् भने कांग्रेसका इतर पक्षका मात्रै नभई संस्थापन पक्षका नेताहरूले समेत सरकाररले हालै ल्याएको अध्यादेशको विरोध गरिरहेका छन् । तर, मन्त्रीहरूको बैठकमा सरकारले ल्याएको अध्यादेशको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने महामन्त्रीले ब्रिफिङ गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए ।

‘अध्यादेशको विषयमा पनि बैठकमा छलफल भएको छ’ मन्त्री चौधरीले भने, ‘छलफल भएरै ल्याएको भएकाले महामन्त्रीज्यूले पनि पोजेटिभरूपमा लिनुपर्छ ।’ उनीहरुले सरकारले छलफल गरेरै अध्यादेश ल्याएकाले त्यस वियममा चर्चा परिचर्चा गर्न आवश्यक नरहेको बताएको थिए । छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्