काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत, काठमाडौं परिसरमा दुर्व्यवहारग गर्ने ललित केसीविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दिएका छन् ।
प्रहरीका अनुसार त्रिपाठीले प्रहरीमा दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ । स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्र्यवहार भएको थियो । लगत्तै प्रहरीले उनलाई दुर्व्यवहार गरेको आरोपमा केसीलाई पक्राउ गरेको थियो ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले दिएको जाहेरीका आधारमा पक्राउ परेका केसीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।