Logo
Logo

काठमाडौं र अपराध अनुसन्धानमा नयाँ हाकिम पठाउने तयारी


5.9k
Shares

काठमाडौं । गृह मन्त्रालयले केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गर्ने तयारी गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखसहित लामो समयदेखि यथावत रहेका केहि एसएसपीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको हो ।

गृह स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरे र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईलाई सरुवा गर्ने तयारी गरिएको छ । यी दुईलाई गएको वैशाखमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले नियुक्त गरेका थिए । लामिछानेविरुद्धको मुद्दा चलिरहेको अवस्थामा रजौरेलाई जिम्मेवारीमा राखिएको थियो ।

सूत्रका अनुसार उनको ठाउँमा प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारी र भैरहवा विमानस्थल सुरक्षा प्रमुख रमेश बस्नेतमध्ये एकलाई नियुक्त गरिने सम्भावना छ । तीमध्ये एकलाई उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा पठाइने तयारी गरिएको छ ।

सामान्यतया काठमाडौँ प्रहरी प्रमुखको सरुवा आठ महिनामा हुने प्रचलन भए पनि यस पटक नौ महिनासम्म सरुवा भएन थिएन । रजौरे र भट्टराईसँगै सरुवा भएका अन्य एसएसपीहरूको दोस्रोपटक सरुवा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्