Logo
Logo

ठूला ४ दलका प्रमुख सचेतकबीच सिंहदरबारमा छलफल


1k
Shares

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने मुख्य चार दलका प्रमुख सचेतकहरु छलफलमा जुटेका छन् ।

शुक्ररबार सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकहरु छलफलमा जुटेका हुन ।

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार उपस्थित भए ।

एमाले मुख्य सचेतक बर्तौलाले संसदीय काम कारबाहीका सम्बन्धमा छलफल गर्न मुख्य दलका प्रमुख सचेतकहरु एकै ठाउँमा आएको बताए ।

साथै सरकारले संसदलाई दिएको विधेयकहरु छिटोछरितो ढंगबाट कानून निर्माणको तहमा पु¥याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्